घामले पग्लियो अब्राहम लिंकनको मूर्ति

जनपत्र
१३ असार २०८१, बुधबार १६:१२

अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनको मैनको मूर्ति पग्लिएको छ । सप्ताहन्तमा राजधानी वाशिङ्टन डीसीमा तापक्रम बढेपछि गर्मीले लिंकन मेमोरियलमा राखिएको अब्राहम लिंकनको ६ फिटको मैन मूर्ति पग्लिएको हो ।

सुरुमा मूर्तिको टाउको पग्लिएको थियो । त्यसपछि बिस्तारै मैन पग्लिएर मूर्तिको स्वरूप बिगिँ्रदै गयो । सो मेमोरियल अमेरिकाको गृह युद्धकालको एउटा शरणार्थी क्याम्प भएको ठाउँमा थियो ।

सो ठाउँमा अहिले एउटा प्राथमिक विद्यालय पनि छ । विद्यालय बाहिर मैन स्मारक छ । त्यो मैनको मूर्ति मात्रै थिएन, मैनबत्ती पनि थियो ।

गर्मीले अब्राहम लिंकनको मूर्ति पग्लिएको यो पहिलो पटक भने होइन । यसअघि पनि यस्तो घटना भइसकेको छ । मैनको मूर्तिबाट पग्लिएको टाउको यही हप्ता पुनः जोडिने बताइएको छ । सप्ताहन्तमा डीसी–मेट्रो क्षेत्रमा हिट अलर्ट जारी गरिएको थियो ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*