बच्चालाई बोल्न सिकाउने बेला अभिभावकले गर्न नहुने ६ गल्ती

जनपत्र
१० असार २०८१, आईतवार १२:२१

आफ्नो बच्चाले जतिसक्दो चाँडो बोलेको सुन्न नचाहने अभिभावक को होला र ? तर आफ्नो बच्चालाई छिटो बोल्न सिकाउने चाहनामा अभिभावकले केही गल्ती गर्ने गर्छन् । यसले गर्दा बच्चाको बोली विकास सुस्त हुन जान्छ । त्यसैले यो समयमा हरेक सानो कुराको ख्याल राख्नु जरुरी हुन्छ । किनकि यसबेला बच्चाले जे देख्छ, त्यही बानी अपनाउने वा सिक्ने गर्छ ।

त्यसैले आमाबाबुले बच्चाको बोली विकासको क्रममा केही गल्तीमा विशेष ध्यान दिनुपर्छ । अन्यथा, यो बच्चाको बोली विकासमा पनि बाधा हुनसक्छ ।

बच्चाको बोली विकासको क्रममा ध्यान दिनुपर्ने ६ कुरा

स्पीच थेरापी नगराउने

धेरै आमाबाबुले आफ्नो बच्चालाई छिटो बोल्न सिकाउन स्पीच थेरापी गराउँछन् । तर बच्चालाई चिकित्सकको सल्लाह विना स्पीच थेरापी गर्नुहुँदैन । किनभने बच्चाले ढिलो बोल्नुको अन्य धेरै कारण हुनसक्छन् । त्यसैले चिकित्सकलाई जाँच गराएर ढिलो बोल्नुको समस्या पत्ता लगाएर मात्र स्पीच थेरापी गराउनुपर्छ । समस्या के हो थाहा नभई स्पीच थेरापी गराएमा पछि अन्य समस्या निम्त्याउन सक्छ ।

अभिभावकको अर्को गल्ती आफ्नो बच्चाको विकासलाई अरुसँग तुलना गर्ने हो । साथै हरेक बालबालिकाको विकास प्रक्रिया फरक हुन्छ । यस्तो अवस्थामा अनावश्यक तनावले आमाबुवा र बच्चा दुवैलाई समस्या निम्त्याउन सक्छ ।

बच्चासँग कुरा नगर्नु

आमाबाबुको अर्को सबैभन्दा ठूलो गल्ती हो, बच्चाहरुसँग कुराकानी नगर्नु । आमाबाबुले बच्चासँग कुरा गर्दैनन् भने यसले बच्चाको बोली विकासमा बाधा पुर्‍याउन सक्छ । किनभने बच्चाहरू प्राय: अभिभावकले बोलेको सुनेर भाषा सिक्छन्, त्यसैले उनीहरुलाई कुराकानीमा समावेश गर्नु महत्वपूर्ण हुन्छ । बच्चालाई नियमित रूपमा पढ्न सिकाउन, दैनिक कार्यहरू सिकाउन, शब्दहरू बुझ्न र प्रयोग गर्न मद्दत गर्नु आवश्यक हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*