शिल्पा शेट्टी दम्पत्तिविरुद्ध धोकाधडीको उजुरी

जनपत्र
१ असार २०८१, शुक्रबार ०८:१३

बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रामाथि धोकाधडीको आरोप लागेको छ । व्यापारी पृथ्वीराज कोठारीले अदालतमा उनीहरुविरुद्ध धोकाधडीको आरोपमा मुद्दा दर्ता गराएका छन् ।

उजुरी परेपछि अदालतले यो मामलालाई ध्यानमा राख्दै बान्द्रा कुर्ला कम्प्लेक्स(बीकेसी) प्रहरीलाई दुवैविरुद्ध उजुरी दर्ता गरेर अनुसन्धान गर्न आदेश दिएको छ ।

अदालतले आरोपीमाथि लागेको आरोप सही भएमा उनीहरुविरुद्ध आइपीसी र महाराष्ट्र जमाकर्ताको हित संरक्षण अधिनियम अनुसार एफआईआर दर्ता गर्न आदेश पनि दिएको छ ।

व्यापारीका अनुसार शिल्पा र राजले सन् २०१४ मा एक स्कीम सुरु गरेका थिए । स्कीममा लगानी गर्ने माथि दर अनुसार सुन दिने र उसलाई मेच्योरिटी डेटको मात्रा तयमा गोल्ड उपलब्ध गराइने भनिएको थियो ।

शिल्पा र राजले सर्राफा व्यापारी कोठारीलाई सुन उपलब्ध गराउने भरोसा दिलाएका थिए । दुवैमाथि भरोसा गरेर कोठारीले स्कीममा ९० लाख लगानी गरेका थिए । जस पश्चात ५ वर्ष पुरा भएपछि व्यापारीलाई ५ हजार ग्राम २४ क्यारेट सुन दिने प्रतिबद्धता शिल्पा र राजले जनाएका थिए ।
तर, त्यसो हुन सकेन । व्यापारी कोठारीलाई बजारमा सुनको मूल्य जति नै भए पनि उनलाई सुन दिने भनिएको थियो । तर पाँच वर्ष पुग्दा शिल्पा र राजले आफ्नो प्रतिबद्धता पुरा गरेनन् । त्यसपछि कोठारी उजुरी दिन बाध्य भएको समाचारमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*