विपीन जोशीको रिहाइको पहल भइरहेको छ : इजरायली राजदूत गोडर

जनपत्र
२८ जेष्ठ २०८१, सोमबार ११:११

कञ्चनपुर – नेपालका लागि इजरायली राजदूत हनान गोडरले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि इजरायल सरकार लागि परेको बताउनुभएको छ।

हिजो बेलुकी कञ्चनपुरको महेन्द्रनगरमा रहेको विपीन जोशीको घरमा पुगेको गोडर नेतृत्वको टोलीले जोशीको पारिवारिका अवस्थाबारे जानकारी लिएको थियो । त्यस अवसरमा राजदूत गोडारले विपीनलाई इजरायली नागरिक सरह सम्झेर खोजी भइरहेको बताउनुभएको थियो ।

विपीनका भाई नाता पर्ने किशोर जोशीले राजदूत गोडरसँग परिवारले रिहाइका लागि पहल गरिदिन र उनको अवस्थाबारेमा जानकारी मागेको बताउनुभयो । राजदूत गोडरसँगै सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.हेमराज पन्तसहित विश्वविद्यालयका अरु पदाधिकारीहरु सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*