मृत्युको ७५ हजार वर्षपछि वैज्ञानिकले बनाए महिलाको अनुहार

जनपत्र
२४ जेष्ठ २०८१, बिहीबार ०६:५९

ब्रिटेनका शोधकर्ताहरूले आदिम मानव खोजमा एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन् । उनीहरूले ७५ हजार वर्षअघिकी एक महिलाको अनुहार पुनः बनाउन सफलता हात पारेका हुन् । महिला आदिम मानव नियन्दरथल प्रजातिकी हुन् । जसको अनुहार मानवसँग मिल्दोजुल्दो छ ।

आधुनिक प्रविधिको प्रयोग गरेर महिलाको अनुहार उनको खोपडीको आधारमा तयार गरिएको हो । महिलाको खोपडी सन् २०१८ मा इराकको कुर्दिस्तान क्षेत्रको एउटा गुफामा भेटिएको थियो । महिलालाई शोधकर्ताहरूले शानिदार जेड नाम दिएका छन् ।

उनको करिब ४० वर्षको उमेरमा मृत्युको सिकार बनेकी उनको शवको टाउको एउटा ठूलो ढुंगामुनि भेटिएको थियो । जसको तल्लो भाग सन् १०६० को दशकमा निकालिएको थियो । अमेरिकी पुरातत्वविद् राल्फ सोलेकीले त्यस वर्ष उत्खननका क्रममा कम्तीमा १० नियन्दरथल मानवको अवशेष फेला पारेका थिए ।

अन्तिम नियन्दरथल मानिस ४० हजार वर्षअघि रहस्यमय तरिकाले पृथ्वीबाट लोप भएका थिए । यस्तो घटना मानिस पृथ्वीमा आएको केही हजार वर्षपछि भएको थिायो । शानिदार जेडको खोपडीलाई यो शताब्दीमा सबैभन्दा राम्रो तरिकाले संरक्षित नियन्दरथल मानिसको खोज मानिन्छ । टाउको २ सेमी मोटाइमा थिचिएको थियो । यसबाट उनको मृत्युको तत्कालै उनको शवमा कुनै चट्टान खसेको अनुमान गरिएको छ ।

क्याम्ब्रिजको म्याकडोनाल्ड्स इन्स्टिच्युट फर आर्कियोलोजिकल रिसर्चका प्राध्यापक ग्रिम बार्करले शानिदार जेडको खोपडी उत्खननको नेतृत्व गरेका थिए । उनले टिमले कहिल्यै पनि कुनै नियन्दरथल मानवको अवशेष भेटाउने अनुमान नगरेको बताएका छन् ।

आधुनिक प्रविधिको प्रयोग गरेर बनाइएको शानिदार जेडको अनुहार आजको मानिससँग मिल्दोजुल्दो छ । अनुसन्धान संलग्न पुरातत्वविद् एम्मा पोमरोयका अनुसार आजको जीवित हर कुनै मानिसमा अझै पनि नियन्दरथल डीएनए छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*