चक्रवातका कारण कोलकतामा ३ जना घाइते

जनपत्र
१४ जेष्ठ २०८१, सोमबार १४:०१

रेमल चक्रवातका कारण कोलकतामा तीन जना घाइते भएका छन् । प्रहरी अधिकारीले बताएअनुसार मानिक्तालामा चक्रवातका कारण तीन जना घाइते भएका छन् ।

चोट के कारणले गर्दा लाग्यो भन्ने कुरा भने ठ्याक्कै थाहा हुन नसकेको बताइएको छ ।

अधिकारीहरूका अनुसार मानिक्तालाका कयौँ स्थानमा रुखहरू उखेलिएर ढल्दा सवारी आवागमन प्रभावित भएको बताइएको छ । मुसलधारे वर्षाका कारण कयौँ स्थान जलमग्न समेत बनेको छ ।

मेट्रो रेल र सडकमा सवारी आवागमन अवरुद्ध भएको बताइएको छ ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*