एकै वर्षमा २५ ओटा हिट फिल्म दिने यी अभिनेता
दक्षिण भारतका सुपरस्टार हुन् मोहनलाल । अभिनयको साथसाथै उनले फिल्म निर्माण, पार्श्वगायन, वितरण, निर्देशन र व्यवसायमा पनि हात हालेका छन् । ४ दशक लामो अभिनय करियरमा उनले ४०० फिल्ममा काम गरेका छन् ।
पद्यश्री र पद्यमभूषण समेत पाइसकेका मोहनलालले उत्कृष्ट अभिनयका लागि पाँच पटक नेशनल अवार्ड पनि पाइसकेका छन् । अभिनेताले एकै वर्षमा ३५ फिल्ममा काम गरेका थिए । यीमध्ये २५ ओटा फिल्म हिट भएका थिए ।
सन् १९८६ मा अभिनेताको फिल्मी करियर उत्कर्षमा थियो । हरेक १५(१५ दिनमा यिनको एक फिल्म रिलिज हुन्थ्यो । सोही वर्ष अभिनेताको ३४ ओटा फिल्म रिलिज भएको थियो । यो आफैँमा एउटा रेकर्ड हो । अहिलेसम्म कुनै पनि अभिनेताको एकै वर्षमा यति धेरै फिल्म हलमा आएका थिएनन् ।
३४ मध्ये २५ ओटा फिल्म हिट भए । त्यति बेला मोहनलालको वार्षिक औसत २० ओटा जति फिल्म रिलिज हुन्थ्यो । चार दशकको करियरमा उनले अभिनय गरेको फिल्म ४०० कट्नुको कारण यही पनि हो ।एजेन्सी







