पत्नीसँग घरभाडा असुल्ने करोडपति लोग्ने

जनपत्र
४ जेष्ठ २०८१, शुक्रबार १६:०३

एक महिलाले सोसल मिडिया प्लाटफर्म रेडिटमा अनौठो खुलासा गरेकी छिन् । ओरिगामी टोर्बी नामक रेडिट अकाउन्टमार्फत् उनले आफ्ना करोडपति लोग्नेको अनौठो हर्कत सार्वजनिक गरेकी छिन् ।

ती महिलाका अनुसार उनका ५० वर्षीय पतिसँग करोडौंको सम्पत्ति छ र अहिले उनले अवकाश लिएर मज्जाले जीवन बिताइरहेका छन् । तर, उनले आफ्नी पत्नीसँग घरभाडा असुल्ने गरेका छन् ।

महिलाका अनुसार आफ्नै लोग्नेको घरमा बसेर पनि उनले भाडामा बस्ने मानिसले जस्तो घरभाडा तिर्नु परिरहेको छ।

उनले लेखेकी छिन्- मेरा पति करोडपति हुन् । हामी १७ वर्षदेखि सँगै छौं । तरपनि उनले मसँग भाडा लिन्छ।

महिलाका अनुसार उनीहरुको बिहे ६ वर्षअघि भएको थियो र त्यसभन्दा पहिले चाहिं उनीहरु लिभइन रिलेशनमा थिए । उनीहरुको अहिलेसम्म बच्चा जन्मिएका छैनन् ।

म्हिलाले लेखेकी छिन् – म द्विविधामा छु । मेरा पति करोडपति छ र ५० वर्षमा अवकाश लिएको छ । उसलाई ४ वर्षअघि आफ्नी आमाबाट विरासतमा धन प्राप्त भएको थियो । हामीहरु करिब २ दशकदेखि सँगै छौं। विरासतमा यतिधेरै कुरा पाएपछि पनि उसले मसँगबाट अझै पनि भाडा असुली गर्दछ र सानातिना खर्चको बिल मलाई नै तिर्न लगाउँछ।

ती महिलाले आफूसँग केही रकम बचत रहेको भएता पनि आफूले अझै पनि हप्ताको ४० घण्टासम्म काम गरिरहेको तर पतिले चाहिं घरमै बसेर महंगा शौखहरु पूरा गरिरहेको गुनासो गरेकी छिन् ।

द सनका अनुसार ती महिलाको उक्त पोस्टमा मानिसहरुले विभिन्न खालका प्रतिक्रियाहरु दिएका छन् । एकजनाले लेखेका छन्- तपाईंका पति आंशिक रुपले करोडपति हुन् किनकि उनले तपाईंबाट घरमा बसेबापतको भाडा लिन्छन् । उनी खासमा तपाईंको घरधनी हुन् । यो निकै अनौठो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*