‘मिस पबी’ अब कमेडी शोमा

जनपत्र
३१ बैशाख २०८१, सोमबार १४:२५

टिकटक हुँदै म्युजिक भिडियोमा जमेकी मोडल हुन्, पवित्रा साकी अथार्त ‘मिस पबी’ । ‘मिस पबी’ अब कमेडी शोमा देखिने भएकी छन् ।

उनी विक्की अग्रवालले निर्माण तथा निर्देशनमा ल्याउन लागेको शो ‘कमेडी दरबार’मा देखिने भएकी हुन् ।

शोमा उनी कस्तो भूमिकामा देखिने भने अहिले बाहिर ल्याइएको छैन । ‘भूमिका त मलाई पनि थाहा छैन । शोका लागि म एक्साइटेट रहेको छु’, उनले भनिन् ।

‘मिस पबी’ पछिल्लो समय फिल्मको दौडमा छिन् । केही अगाडि उनको अभिनय रहने फिल्म ‘राजमहल’ घोषणा भएको थियो । उक्त फिल्म निर्माण हुने नहुने अहिले अन्यौलता छ ।

उनी अहिले पनि केही फिल्मका अफर भइरहेको बताउँछिन् । फिल्ममा पनि आफू छिट्टै देखिने उनले विश्वास लिएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*