इजरायललाई हतियार आपूर्ति रोक्दा गाजामा हमासमा बलियो हुने बेलायतको निष्कर्ष

जनपत्र
३० बैशाख २०८१, आईतवार १६:१४

बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले इजरायललाई हतियार आपूर्ति बन्द गर्दा गाजा युद्धमा हमास बलियो हुने बताएका छन्।

बीबीसीसँग कुराकानी गर्दै उनले हमास बलियो हुँदा इजरायली बन्धकहरूको रिहाइका लागि वार्ता गर्न अझ कठिन हुने तर्क गरेका हुन्।

क्यामरुनले नागरिकको सुरक्षाका लागि ठोस योजना नभएसम्म इजरायलको सेना रफाह शहरमा प्रवेश गर्न नहुनेमा जोड दिए।

यसैबीच, प्यालेस्टाइन अधिकारीहरूले मध्य गाजाको देर अल-बालाह क्षेत्रमा इजरायली हवाई आक्रमणमा दुई डाक्टरको मृत्यु भएको बताएका छन्। शनिबार इजरायली आक्रमणमा कम्तीमा ३० प्यालेस्टाइनीको मृत्यु भएको थियो।

यसैबीच, इजरायलले कब्जा गरेको वेस्ट बैंक क्षेत्रको नाब्लस शरणार्थी शिविरमा इजरायली सेनाको कारबाहीमा एक प्यालेस्टाइनीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

यसै क्रममा इजरायलले आइतबार बिहान गाजामा पनि आक्रमण गरेको थियो। इजरायलले उत्तरी गाजाका क्षेत्रहरूबाट कम्तिमा एक लाख प्यालेस्टाइनीहरूले आफ्नो घर छोड्नुपर्ने बताएको छ।

डरमा बसिरहेका प्यालेस्टाइनीहरूले अहिले गाजामा जान सक्ने कुनै सुरक्षित ठाउँ नभएको बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*