आँखा सम्बन्धी रोचक तथ्य

जनपत्र
३० बैशाख २०८१, आईतवार ०६:४२

आँखा जसले संसार देखाउँछ । आँखा हरेक प्राणीको निकै नै महत्वपुर्ण अंग हो ।

यहाँ हामीले मानिसको आँखाको बारेमा केही तथ्य हरु प्रस्तुत गरेका छौं । जुन तथ्यबारे तपाईंलाई जनाकारी नहुन पनि सक्छ ।

  • – मानिसको आँखा २० लाख हाराहारी भाग मिलेर बनेको हुन्छ ।
  • – आँखाको कोर्नियामा रगत प्रवाह हुँदैन । कोर्निया शरीरको एक मात्र त्यस्तो तन्तु हो ।
  • – एउटा स्वस्थ मानिसले प्रतिमिनेट औषत १७ पटक आँखा झिम्काउँछ भने १ दिनमा करिब १६ हजार पटक र १ बर्षमा ६० लाख पटक आँखा झिम्काउँछ ।
  • – बयस्क मानिसको एउटा आँखाको तौल करिव २८ ग्राम हुन्छ ।
  • – कुनैपनि मानिसको जन्मदेखि मृत्युसम्ममा नै आँखाको आकार परिवर्तन हुँदैन ।
  • – हाछिउ गर्ने बेलामा सँधै आँखा बन्द हुन्छ ।
  • – भर्खर जन्मेको बच्चा रुन्छ तर उसको आँखामा आँसु भने आउँदैन ।
  • – कुनैपनि मानिसको आँखाको रिजोलुसन ५७६ मेघा पिक्सेल हुन्छ ।
  • – पृथ्वीको भुभाग समतल भएको स्थानमा एउटा स्वस्थ आँखाले ५० किलोमिटर पर सम्म बलिरहेको बत्ति देख्न सक्छ ।
  • – कुनैपनि मानिसको आँखाले १ करोड फरक रङ्ग छुट्याउने क्षमता राख्छ ।
  • – हरेक पटक आँखा झिम्क्याउँदा आँखा करीव ०.३ सेकेन्डको लागि बन्द हुन्छ । यसको मतलब हाम्रो आँखा झिम झिम गर्दा प्रतिदिन करिव ३० मिनेट बन्द हुने गर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*