क्रिस्टल प्यालेससँग युनाइटेडको लज्जास्पद हार

जनपत्र
२५ बैशाख २०८१, मंगलवार ११:०५

काठमाडौं । प्रिमियर लिगमा ओलिसको दुई गोल प्रेरित क्रिस्टल प्यालेसले म्यानचेष्टर युनाइटेडलाई ४-० ले पराजित गरेको छ ।

घरेलु मैदान सेहर्स्ट पार्कमा भएको खेलमा प्यालेसका लागि ओलिसले १२औं र ६६औं मिनेटमा गोल गरे ।

यस्तै जिन फिलिप माटेटाले ४०औं र टाइरिक मिचेलले ५८औं मिनेटमा गोल गरे ।

प्यालेस पहिलो पटक लिगमा एकै सिजन युनाइटेडलाई दुवै पटक हराएको हो ।

प्यालेससँग लज्जास्पद हारपछि युनाइटेड ३५ खेलबाट ५४ अंकसहित आठौं स्थानमै छ । प्यालेस ३६ खेलबाट ४३ अंकसहित १४औं स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*