वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २ सय २८ रनकाे लक्ष्य, जाेनसन चार्ल्सकाे शतक

जनपत्र
१९ बैशाख २०८१, बुधबार १४:३९

काठमाण्डाै – टी–२० क्रिकेट शृङ्खलाकाे तेस्राे खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २ सय २८ रनकाे लक्ष्य दिएकाे छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनायाे । वेस्ट इन्डिज ‘ए’ का ओपनर ब्याटर जाेनसन चार्ल्सले शतक बनाए । चार्ल्स ५९ बलमा १ सय १९ रन बनाएर नट आउट रहे । यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाए । नेपालका करण केसी र सागर ढकालले समान १ विकेट लिए ।

पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा नेपाल र वेस्ट इन्डिज ‘ए’ ले समान एक खेल जितेका छन् । पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई चार विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले हराएको थियो । शृङ्खलाको चौथो खेल भोलि र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेलिरहेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । वेस्ट इन्डिज ‘ए’ टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*