वेष्टइण्डिज सिरिज : विश्वकपअघि नेपाललाई स्तरमापनको अवसर

जनपत्र
१२ बैशाख २०८१, बुधबार १४:४५

काठमाडौं । दुई पटकको टी–२० विश्वकप विजेता वेष्टइण्डिज ए र एसोसिएटको मजबुत टोली नेपालबीच पाँच टी–२० सिरिज शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ । इण्डियन प्रिमियर लिग (आईपीएल) नखेलेका लगभग सबै प्रमुख खेलाडीलाई वेष्टइण्डिज ए ले आफ्नो टोलीमा समेटेको छ ।

नेपाल आएका शीर्षक्रमका ब्याटर जोनसज चाल्र्स, तीव्र गतिका बलर ओबेद म्याककोय, किमो पल, ओसान थोमस, स्पिन अलराउण्डर रोस्टन चेस, गुडाकेश मोती, हेडन वाल्स र फबियन एलेनले निरन्तर वेष्टइण्डिजबाट खेल्दै आएका छन् । त्यस्तै वेष्टइण्डिजका भविष्य मानिने म्याथ्यु फर्ड, केसी कार्टी र एलिक एथानाज पनि नेपाल आएका छन् ।

एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग हार्दै एसिया कप गुमाएपछि निराश बनेका खेलाडी र समर्थक दुबैमा खुसी फर्काउने वेष्टइण्डिज ए सिरिज राम्रो अवसर हो । नेपालको ठूला टेष्ट टोलीसँग घरेलु मैदानमा सिरिज खेल्ने अब सपना नभएर एउटा आवश्यकता बनिसकेको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रदर्शनले अफगानिस्तान, बंगलादेश, श्रीलंका, जिम्बाब्बे र आयरल्याण्ड जस्ता टेष्ट मान्यता प्राप्त साना टोली नेपाल आउन इच्छुक छन् । तर प्रतिस्पर्धात्मक प्रदर्शनमा विश्वास नराखेर राष्ट्रिय टोलीको साटो ए टोली पठाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*