५६ हजार रुपैयाँमा बिक्यो एक गेडा कागती !

जनपत्र
६ चैत्र २०८०, मंगलवार १७:५५

एउटा कागतीको दानाको मूल्य कति पर्ला ? धेरैमा १०/२० रुपैयाँसम्म पर्नसक्छ । तर सबै कागती त्यस्ता मामूली कहाँ हुन्छन् र ? भारतको तमिलनाडुमा एउटा कागतीको दाना ५६ हजार रुपैयाँ बराबरको मूल्यमा बिक्री भएको छ ।

त्मिलनाडुको शिवगिरी गाउँस्थित पाझापूसाइयन मन्दिरमा महाशिवरात्रीका अवसरमा भएको लिलामीका क्रममा कागतीको गेडा अविश्वसनीय रुपमा लाखौँ मूल्यमा बिकेको हो ।

परम्परागत रुपमा कागतीको बोलकबोल हुने क्रममा यसपटक १५ जना भक्तालुहरुले लिलाम बढाबढमा भाग लिए । त्यसक्रममा एरोडमा बस्ने एकजना व्यक्तिले सर्वाधिक ३५ हजार भारुको बोली लगाए।

लिलाम बिक्रीपछि मन्दिरका पुजारीले उक्त कागतीलाई भगवान शिवको अगाडि राखे र केहीबेर पुजा गरेर विशेष बनाएका थिए । तत् पश्चात् सो कागती सम्बन्धित खरीदकर्तालाई दिइएको थियो ।

कागतीको लिलामी समारोहमा सयौँ भक्तजनहरु मन्दिरमा उपस्थित थिए ।

स्थानीय प्रचलन अनुसार त्यसरी बोलकबोलमा कागती खरीद गर्ने मानिसको भाग्य चम्किने तथा सुस्वास्थ्य र दीर्घजीवन प्राप्त हुने विश्वास गरिन्छ । एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*