अमेजनको जंगलमा भेटियो संसारकै ठूलो सर्प
काठमाडौं । अमेजन जंगलको सबैभन्दा रहस्यमय तथा शक्तिशाली जीव हो एनाकोन्डा सर्प । वर्षौँदेखि यो जीवमाथिको अध्ययन चलिरहेको छ । यसैबीच अमेजन जंगलमै विश्वकै अहिलेसम्मको ठूलो अर्थात् बढि वजन भएको एनाकोन्डा सर्प फेला परेको छ ।
उत्तरी हरित एनाकोन्डा प्रजातिको उक्त सर्प शोधकर्ताहरुले हालै फेला पारेका हुन् । यो एनाकोन्डाको भिडियो ट्वीटरमा सार्वजनिक भएको छ ।







