राष्ट्रिय युवा संघ र प्रेस चौतारी मकवानपुरबीच मैत्रीपूर्ण फुटबल हुने
हेटौंडा । नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपाल र प्रेस चौतारी नेपाल मकवानपुरबीच मैत्रीपूर्ण फुटबल हुने भएको छ । केपी ओली कप फुटबल प्रतियोगीताको प्रचारका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको हो ।
राष्ट्रको लागि र स्वास्थ्यको लागि खेल अनिवार्य भएकोले मैत्रीपूर्ण प्रतिष्पर्धामा खेल आयोजना गर्न लागिएको चौतारी मकावानपुर अध्यक्ष बालकृष्ण अधिकारीले बताए ।
आगामी फागुन ११ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुने केपी ओली कप फुटबल प्रतियोगीताको प्रचारका लागि मैत्रीपुर्ण सेभेन ए साईड फुटबल आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल मकवानपुरका संयोजक राजेश नगरकोटीले बताए ।
मैत्रीपूर्ण सेभेन ए साईड फुटबल खेलले केपी ओली कप फुटबल प्रतियोगिताको प्रचार हुनुका साथै २ संगठनबीचको सम्बन्ध सुमधुर हुने प्रेस चौतारी नेपाल मकवाननपुरका अध्यक्ष अधिकारीले बताए ।
फागुन ७ गते हेटौंडा ५ पिप्ले क्याम्पाचौरमा बिहान ८ बजे हुने प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने छन् ।







