राजनीतिक र्यालीमा विस्फोट हुँदा पाकिस्तानमा पाँच जनाको ज्यान गयो

जनपत्र
१७ माघ २०८०, बुधबार १५:०४

unn.prixa.net

पाकिस्तानमा राजनीतिक र्यालीका क्रममा विस्फोट हुँदा पाँच जनाको ज्यान गएको छ । अरु पाँच जना घाइते भएका छन् ।

बलुचिस्तान प्रान्तमा एउटा राजनीतिक र्यालीका क्रममा मोटरसाइकलमा राखिएको पदार्थ विस्फोट भएको रोयटर्सले जनाएको छ।

पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) को र्यालीलाई लक्षित गरी आक्रमण भएको तर आक्रमणको जिम्मा अहिलेसम्म कुनै पनि समूहले नलिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*