चाउचाउमा मकै मिसाएर खाएको भन्दै प्रेमिकासँग ब्रेकअप

जनपत्र
२२ पुष २०८०, आईतवार ०६:२७

के कुनै मान्छेले अरुको खानपिनको रुचीप्रति यतिधेरै आपत्ति जनाउन सक्छ कि सोही कारणले गर्दा प्रेम सम्बन्ध नै टुटोस् ? हालै एकजना महिलाको जिवनमा यस्तो घटना भएको छ, जसको बारेमा उनले सोसल साइट रेडिटमा खुलासा गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘मैले पछिल्लो दुई महिनादेखि एकजना व्यक्तिसँग कुराकानी गरिरहेकी थिएँ । सम्बन्ध प्रेमी प्रेमिकाजस्तै भएको थियो । हामी छिटै नै दम्पति बन्नेवाला थियौँ । यसैबीच मैले कुरैकुरामा उसलाई आफूले चाउचाउमा मकै हालेर खाने गरेको र यस्तो मिश्रित खानेकुरा आफूलाई निकै मन पर्ने कुरा बताएँ । साथै उसलाई तिमीले पनि एकचोटी यस्तो खाइहेर त भनेँ । तर, उसले भने त्यो बेतुकको खानेकुराको मिश्रण आफूलाई राम्रो नलागेको बतायो । साथै आफ्नो चाउचाउमा यदि तिमीले कहिल्यै मकै मिसाइदियौ भने मलाई निकै नराम्रो लाग्नेछ भन्यो ।’

ती महिलाका अनुसार ऊ पाँच मिनेटपछि पुनः बोल्न थाल्यो र यस्तो खाने तरिकाले आफुलाई समस्यामा पार्ने बतायो । साथै आफ्नो खानेकुरामा मकै मिसाइदिएमा आफूले बान्ता गरिदिने बतायो ।

उनी भन्छिन्, ‘मैले ऊसँग भने कि चिन्ता नगर । मैले हाम्रो लागि चाउचाउ बनाउँदा केवल मेरो प्लेटमा मात्रै मकै राख्नेछु, तिम्रोमा राख्नेछैन । तर उसले त्यतिमा चित्त बुझाएन । मेरो खानेकुराको त्यस्तो रुची आफुलाई चित्तै नबुझेको बताउन थाल्यो । मैले त्यसपछि केही काम गर्दैछु पछि तिमीलाई फोन गर्छु भनेर फोन राखिदिएँ । तर उसले फोन कुर्नुको साटो एउटा एसएमएस पठाउँदै ब्रेकअप गरेको घोषणा गर्यो ।’

प्रेमिकाले चाउचाउमा मकै मिसाएर खाएको भन्दै प्रेम सम्बन्ध नै तोडिदिने ती पुरुषको कदमका बारेमा सोसल साइटमा अनेक खालका प्रतिक्रिया दिएका छन् र आश्चर्य प्रकट गरेका छन् । एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*