प्रेम परमात्माको न्यायो प्रकाश

जनपत्र
१४ पुष २०८०, शनिबार ०६:५०

तिमी परिभाषाको
प्रेम होइनौ
म परिभाषाको
प्रेमिका होइन !
तिमी प्रेम हौ
म प्रेम  हुँ ।

थाहै नपाई
तिम्रो र मेरो
आत्माका मिलन भएछ
अन्जानमै किन हो यहाँ
समर्पणमा खुसी पाएछ ।

न देखायौ तिमीले
न भने मैले
छिनको भेट मै प्रेम बस्यो
रुदा–रुदै झन गाडा भयो
घडी र पला यादै भएन
दिल यो मेरो मेरो भएन !

थिएन प्रेम कसरी भयो
गरिन प्रेम आफैँ भयो
अन्जानमा अन्जानसँग
नाता तिमीसँग पो जोडियो !

खडेरी यो  जीवन थियो
तिम्रो आगमनले  खुसी दियो
ध्यान र प्रेमको पाठ सिकाइ
चारैतिर मधुमास भयो !

शरीरका यी सूक्ष्म नाडीभित्र
तिम्रो सुवास महकी रहनेछ
वस्तु, आकार, स्वरूप होइनौँ
केवल समर्पण तिमीमा झुकिरहेछ ।

प्रेम परमात्माको न्यायो प्रकाश हो
प्रेम एकान्तको मिठो अनुभूति हो
लिनुदिनु छैन केही
प्रेम तिम्रो सुमधुर सुवास हो ।
बकैया–९, मकवानपुर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*