बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता कसरी बढाउने ?

जनपत्र
७ मंसिर २०८०, बिहीबार ०७:४४

बालबालिका त्यसै पनि वयस्कको तुलनामा अलि बढी बिरामी परिरहन्छन् । जाडोयाममा त झन् बालबालिकाहरु कुनै न कुनै कारण बिरामी भइरहेका हुन्छन् । बिरामी भइरहनुमा इम्युनिटी पावर अर्थात् रोगप्रतिरोधात्मक क्षमता कमजोर हुनु एउटा मुख्यम कारण हो ।

जाडोयाममा बालबालिकालाई रुघाखोकी, निमोनिया, झाडापखाला र हाइपोथर्मियाले धेरै सताउँछ । त्यसका लागि रोगप्रतिरोधात्मक क्षमता बढाउने केही उपाय अबलम्बन गर्नु जरुरी छ ।

खानपान

रोगप्रतिरोधात्मक क्षमता बढाउन बालबालिकालाई प्रोटिन, मिनरल्स, फाइबर, आइरनलगायत पोषण तत्व खुवाउनुपर्छ । जस्तै, गेडागुडीको झोल, हरियो सागपात, अण्डा, माछा मासुलगायत घरमै बनेको स्वस्थ खानेकुरा खुवाउन सकिन्छ । यसले शरीरलाई आवश्यक पोषक तत्व दिएर इम्युनिटी बढाउँछ । सकेसम्म बाहिरी प्याकेजिङ खानेकुरा जंकफुड, कोल्ड डिंकबाट टाढा राख्नुपर्छ । यस्ता जंकफुडले पनि इम्युनिटी कम गर्छ । त्यसैले जाडोयाममा बिहान तातो पानी वा चिया खुवाउन सकिन्छ । यसले शरीरलाई तातो राख्न मद्दत गर्छ ।

व्यायाम

इम्युनिटी पावर बढाउन पाँच वर्षभन्दा माथिका बालबालिकाले व्यायाम गर्न सकिन्छ । यसमा साइक्लिङ, स्किपिङ, मर्निङ वाक गराउन सकिन्छ । यसले मुटु, फोक्सो, हड्डी, मांसपेशी, मानसिक रुपमा स्वास्थ्य बनाउन मद्दत गर्छ ।

पर्याप्त निद्रा

बालबालिकाको निद्राको कमीले गर्दा पनि इम्युनिटी कम हुन्छ । यसले शारिरीक रुपमा कमजोर बनाउँछ । त्यसैले बालबालिकालाई भने १० देखि १४ घण्टा सुताउनुपर्छ । बालबालिकालाई समयमा पूरा निद्रा सुतेमा उनीहरुको रोगप्रतिरोधात्मक क्षमता बढ्छ । रोग लाग्ने जोखिम कम हुन्छ । तर अहिले बालबालिका राति अबेरसम्म मोबाइल हेर्ने बानीले पर्याप्त मात्रामा निद्रा पुगेको हुँदैन । त्यसैले पनि बालबालिका बिरामी भइरहन्छन् ।

सरसफाइ गर्न लगाउने

जाडोयाममा पानी चिसो हुने भएकाले बालबालिकाहरु सरसफाइमा खासै ध्यान दिंदैनन् । जस्तै, जाडोमा अल्छीले हातमुख नै नधोई खाना, खाजा खाएमा विभिन्न कीटाणु शरीरभित्र प्रवेश गर्न सक्छन् । जसले प्रतिरोधात्मक क्षमता कम गराउँछ । त्यसैले यसलाई बढाउन खाना खानुअघि हातमुख धुन लगाउने, सफा लुगा लगाइदिने, नङ काटिदिने, मनतातो पानीले नुहाइदिने गर्नुपर्छ ।

घाम ताप्न लगाउने

जाडोयाममा बालबालिकालाई कम्तीमा आधा घण्टा घाम ताप्न दिनुपर्छ । यसले शरीर न्यानो बनाउनुका साथै भिटामिन डी पनि परिपूर्ति गर्छ । भिटामिन डीले पनि रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।अनलाइनखबरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*