अर्थपूर्ण जीवन

जनपत्र
१५ कार्तिक २०८०, बुधबार ०६:३२

ती दिनहरू
तबसम्म सजिला थिए
जबसम्म नेपालीका स्वाभिमानी पाखुरा बलिया थिए
हरेक समाज, देशका  लागि गरिने सम्झौताहरू
विचार, सल्लाह  गरेर मात्र अगाडि बढ्थे !
आज त हिजोका तिनै पू्र्खाहरू
कमजोर भए, बनाइए
जुन दिन अफ्ठ्यारोमा परिन्छ
जब निस्कन नसक्ने गरी  दलदलमा फँसिन्छ
त्यतिबेला  सल्लाह दिने  बुढापाका
सल्लाह दिने आफन्त अनि साथीभाइ
सबैको याद झल्झली आइरहनेछ
त्यस पछाडिका दिनहरू
लौरो र बैसाखी खोज्दै
आत्मविश्वासको पाइला गुमाएर
पछुतो नै पछुतो हुने छ

अन्तिममा
परिश्रमी र स्वावलम्बी भएर बाँच्न खोज्दा
जीवन धेरै टाढा पुगिसकेको हुनेछ
त्यसैले
टेक्ने खुट्टा
र बोलिने आवाज जहिले पनि
अर्थबिनाको होइन कि अर्थ बोकेको हुनु पर्छ ।
इमानदारिता र स्वाभिमान बोकेको हुनुपर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*