भेरोनालाई हराउँदै युभेन्ट्स ईपीएलको शीर्ष स्थानमा उक्लियो

काठमाण्डाै – युभेन्ट्स इङ्लिस प्रिमियर लिग (ईपीएल) को शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा भेरोनालाई १–० गोलले हराउँदै युभेन्ट्स शीर्ष स्थानमा उक्लिएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा युभेन्ट्सले अन्तिम समयमा गोल गरेको थियो ।
निर्धारित समय सकिएपछि ६ मिनेट थप गरेकोमा युभेन्ट्सका एन्ड्रिया कमबियासोले छैटौँ मिनेटमै गोल गरे । जितपछि युभेन्ट्स इन्टर मिलानलाई १ अङ्कले पछि पार्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । युभेन्ट्सका १० खेलबाट २३ अङ्क छ । ९ खेल खेलेको इन्टर मिलानको २२ अङ्क छ । युभेन्ट्ससँग पराजित भएको भेरोना ८ अङ्कसहित तालिकाको १६ औँ स्थानमा रहेको छ ।
यस्तै, गएराति नै भएको खेलमा आर्सनलले सेफिल्ड युनाइटेडलाई ५–० गोल अन्तरले पराजित गरेको छ । अर्को खेलमा चेल्सीलाई ब्रेन्टफोर्डले २–० गोल अन्तरले हराएको छ । त्यस्तै, बर्नमाउथले बर्नलीलाई २–१ ले हराएको छ । उल्भ्स र न्युकासल युनाइटेडले २–२ गोलको बराबरी खेलेका छन् ।






