सिरियाका २ वटा मुख्य विमानस्थलमा इजरायलले आक्रमण गर्दा २ जनाको ज्यान गयो

जनपत्र
५ कार्तिक २०८०, आईतवार १६:००

unn.prixa.net

सिरियाका मुख्य विमानस्थलमा इजरायलले गरेको आक्रमणमा दुई जनाको ज्यान गएको छ ।

सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार इजरायली मिसाइलले दुई वटा मुख्य विमानस्थललाई निसाना बनाएको छ । सिरियाली अरब समाचार एजेन्सीले दमास्कस र एलेप्पोको अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण भएको जनाएको छ । आक्रमणका कारण विमानस्थलका रनवेमा क्षति पुगेको छ । अहिले उडानहरू रोकिएका छन् ।

इजरायलका अनुसार यी विमानस्थलकाे सहयोगमा इरानी हतियारहरू हिजबुल्लाहलाई पठाइँदै थियो । सिरिया र लेबनानमा हिजबुल्लाह निकै शक्तिशाली छ । गएकाे हप्ता पनि इजरायलले यी दुवै विमानस्थललाई निसाना बनाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*