विश्वका शीर्ष साइबर सुरक्षा प्रदायकको सूचीमा नेपालका दुई कम्पनी
विश्वभर साइबर सुरक्षा प्रदायक कम्पनीको मूल्याङ्कन गर्दै आएको संस्था एमएसएसपी अलर्टले २०२३ का शीर्ष २५० साइबर सुरक्षा प्रदायक कम्पनीको सूची सार्वजनिक गरेको छ । जसमा नेपालबाट दुई कम्पनी क्रिप्टोजेन नेपाल र ग्रिन टिक नेपाल पर्न सफल भएका छन् ।
यसअन्तर्गत क्रिप्टोजेन नेपाल शीर्ष १६३ औं र ग्रिन टिक नेपाल शीर्ष २४७ औं स्थानमा रहेका छन् ।
एमएसएसपी अर्लटले विश्वभर उत्कृष्ट साइबर सुरक्षा सेवा प्रदान गर्दै आएका कम्पनीको गतिविधि, प्रगति, व्यापार वृद्धि दर, वार्षिक आम्दानी, उनीहरूले पारेको प्रभाव आदिका बारेमा मूल्याङ्कन गरी वर्षेनि रिपोर्ट प्रकाशन गर्दै आएको छ ।
सोही मूल्याङ्कनका आधारमा संस्थाले विश्वका उत्कृष्ट २५० कम्पनी छनोट गरेको हो ।






