लागूऔषध दुब्यसन बिरुद्धमा हेटौंडामा अन्तरक्रिया

हेटौंडा । लागूऔषध दुब्यसन बिरुद्धको बृहत अन्तरक्रिया कार्यक्रम आज हेटौंडामा भएको छ । जागरण मिडिया मकवानपुरको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रदेश नम्बर ३ को भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले लागूऔषध प्रयागकर्ताहरु न्यूनिकरण गर्नका लागि सबै क्षेत्रबाट लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सचेतनामूलक भनाई राख्दै विषेश अतिथि एवम् प्रशिक्षक नार्कोनन् का राष्ट्रिय निर्देशक बसन्तराज कुँवरले लागु औषधले समाज तथा मानव जीवनमा पार्ने नकरात्मक असरहरुको बारेमा प्रष्ट परे । उनले लागु औषध सेवन गरेको नगरेको सजिलै पत्ता लगाउन सकिने अभ्यास समेत गरेर सहभागीहरुलाई देखाएका थिए ।
स्थानीय तहहरुलाई लागु औषधमुक्त क्षेत्र घोषण गर्नको लागि सहज गर्न लागु औषध सेवन गरे नगरेको पत्ता लागाउने साधन किटको प्रयोग गर्न अनुरोध समेत गरे । अभ्यासको क्रममा बागमती गाउँपालिकाको अध्यक्ष सर्केस घलान र मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रतीले समेत स्थानीय तहमा आफ्नो क्षेत्र लागुऔषध मुक्त गराउने काममा लाग्ने प्रतिबद्धता गरेका छन् ।कार्यक्रममा ३ नम्बर प्रदेह प्रहरीका एससपी राजन्द्र चौधरीले लागुऔषधको अवस्था र प्रहरी तथा समूदायको भूमिकाको विषयमा मन्तव्य व्यक्त गरेका थिए ।
सोही अवसरमा अभियानका सहयोगीहरुमा व्यवसायी तथा समाजसेवी ज्योतिरत्न बज्राचार्य, सिआन पुर्नस्थापना केन्द्र र मकवानपुर रिकभरी सेन्टरलाई सम्मान गरिएको थियो । कार्यक्रममा पूर्व लागुऔषध प्रयोगकर्ता तथा लागुऔषध विरुद्धको अभियन्ता ऋषि क्षेत्रीले आफ्नो अनुभव सुनाएका थिए । जागरण मिडिया मकवानपुरको आयोजनामा कार्यक्रम गरिएको हो ।
लागूऔषधका कारण धेरैलाई असर गरेको बताउँदै उहाँले लागूऔषधको ओसार पसार गर्ने र सेवन गर्नेमा न्यूनिकरण गर्न सबै पक्ष उत्तिकै जिमेवार भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, नेपाल प्रहरीका एसएसपी, बिभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम जागरण मिडिया मकवानपुरका अध्यक्ष मिना श्रेष्ठको अध्यक्षतामा भएको हो ।