समावेशी राष्ट्र निर्माण गर्न सरकारलाई दवाव दिन्छौ–आयोग सदस्य ओझा

जनपत्र
१४ असार २०७६, शनिबार १०:०५

हेटौंडा । राष्ट्रिय समावेशी आयोग ललितपुरको आयोजनामा आज हेटौंडामा औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिकहरुको बर्तमान अवस्थाका बिषयक अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रममा बोल्दै राष्ट्रिय समावेशी आयोगका सदस्य बिष्णुमायाँ ओझाले आफुहरु समावेशी राष्ट्र निर्माण गर्न चाहने बताउनुभयो ।

समावेशी सिद्धान्त अनुसार सरकारलाई आफुहरुले सुझाब दिने बताउनुभयो । कुनैपनि क्षेत्रमा समावेशी गराउनका लागि सरकारलाई दवाव दिनका लागि आफु लागिपर्ने सदस्य ओझाले बताउनुभयो । राज्यका हरेक संरचनामा उचित प्रतिनिधित्व गराउनका लागि लागिपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामाले सरकारले हरेक क्षेत्रमा समावेशीको क्षेत्रमा ध्यान दिनुपर्ने बताउनुभयो । मजदुरका हक अधिकारका क्षेत्रमा सरकारले ध्यान नदिएको सरोकारवाला मजदुरहरुले बताएका छन् । आफ्ना अधिकारका निम्त ध्यानदिन उनीहरुले आग्रह समेत गरेका छन् । कार्यक्रममा जिफन्टका उपमहासचिव गिता कार्की, नेपाल टे«डयुनियन महासंघ मकवानपुरका गंगा भटराई, जिफन्टका प्रदेश ३ का उपाध्यक्ष अर्जुन प्रसाद ढुंगेल लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा मकवानपुरका बिभीन्न उद्योग, कलकारखाना, अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*