छोराबुहारीको हनिमुनमा आमा पनि सँगै गएपछि बेहुलीले भनिन् – बर्बाद भयो

जनपत्र
७ श्रावण २०७९, शनिबार ०७:३९

विवाहपछि हनिमुन अवधिलाई पतिपत्नीले स्मरणीय बनाउँछन् । तर अमेरिकामा भएको एक घटनाले बेहुलीलाई निराश बनाएको छ । हनिमुन अवधिमा छोराबुहारीसँगै आमा पनि गएपछि बेहुली निराश भएकी हुन् ।

द सनमा प्रकाशित रिपोर्टअनुसार ३० वर्षीया ट्रेसी र २९ वर्षीय ब्रायनको विवाह भएको थियो तर हनिमुनमा ब्रायनले आफ्नी आमा ज्यानीलाई पनि लगे । ब्रायनले पत्नी ट्रेसीलाई भने, ‘मसँग विवाह गर्नु भनेको मेरी आमासँग पनि विवाह गर्नु हो, म आमालाई धेरै प्रेम गर्छु । किनकि ब्रायन आमालाई हरेक चिजमा सहभागी गराउन चाहन्छन् ।’ पत्नी ट्रेसीले भनिन्, ‘सबै ठीकठाक थियो तर यात्राका क्रममा आमाको व्यवहार असहज भयो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*