हेटौंडाका कृषकलाई ब्यावसायीक तालिम

जनपत्र
१३ असार २०७६, शुक्रबार १७:१४

हेटौंडा । नारी सिप सृजना केन्द्र नेपालको आयोजनामा तथा एडब्लुओ इन्टरनेस्नलको साझेदारीमा हेटौंडा ४ मित्रनगरमा तीन दिने ब्यवसाय विकास तालिम सम्पन्न भएको छ । नारी सीपका अध्यक्ष उमा सुबेदीको अध्यक्षतामा कार्यक्रम भएको हो । तालिममा २७ कृषि ब्यावसायीहरु सहभागि भएका थिए ।

बाख्रापालन, तरकारी खेति, माउरी पालन, गाइपालन लगायतका क्षेत्रमा आबद्ध ब्यावसायीहरुको तालिममा सहभागिता रहेको नारी सिपका कार्यक्रम संयोजक ज्योती बोमजनले बताउनुभयो । कार्यक्रममा सहभागिका तर्फबाट मनोज भण्डारी, लिला सुनारा, प्रशिक्षक गोपीराम बल लगायतकाले मनत्ब्य ब्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*