यस्तो छ ‘म’ को सस्पेन्स ट्रेलर (भिडियो)

जनपत्र
६ श्रावण २०७९, शुक्रबार ०८:२७

सुवर्ण थापाद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘म’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको फिल्मको २ मिनेट १९ सेकेन्डको ट्रेलरमा सस्पेन्स । विरामीको रुपमा अस्पताल छिरेका एक पात्रको अपराधिक घटनासँगको सम्बन्धमा फिल्म आधारित रहेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ । ट्रेलरले फिल्मप्रति कौतुहलता जगाएको छ ।

लामो समयदेखि फिल्म सम्बन्धि अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक निर्माण गरेको यो फिल्ममा सरोज खनाल, निशा अधिकारी, रुविना थापा, निराजन प्रधान, सविन श्रेष्ठ, नरेन खड्का, सरिता लामिछाने, पुनम श्रेष्ठ, संजोग रसाइली लगायतको अभिनय छ । ट्रेलरमा सबै कलाकारहरुलाई स्थान दिइएको छ ।

यो फिल्म यही साउन २० गतेदेखि प्रदर्शनमा आउँदैछ । तेन्जिङ्ग पाल्देनको छायांकन र बनिश शाहको सम्पादन रहेको चलचित्रको निर्मातामा बिमला हुमागाईं र पदम पुरी छन् । कान्तिपुर सिनेमाजको प्रोडक्सन र कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतिमा निर्माण भएको फिल्मको क्रियटिभ निर्माता प्रकाश पुरी हुन् । फिल्मको पटकथा तथा संवाद पनि उनकै हो । पुरीले ‘म’ मा दर्शकले केही नयाँ तथा फरकपन पाउने बताए ।

निर्देशक थापाका अनुसार सस्पेन्स तथा क्राइम जनराको यो फिल्म निर्देशन गरेर आफूले एक हिसाबमा करिअरलाई नै दाउमा राखेको पनि बताए । ‘मसँगका समकालीन निर्देशकहरुले हत्तपत्त यो जनराको फिल्म निर्देशन गर्नु हुन्न । त्यो रिक्स मैले उठाएको छु । यस अर्थ ‘म’ निर्देशन गरेर मैले आफ्नो करिअर दाउमा राखेको छु, निर्देशक थापा भन्छन्– ‘तर, फिल्मलाई राम्रो बनाउन मैले कुनै प्रयास छाडेको छैन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*