मकवानपुरको राक्सिराङमा विसालु च्याउ खाँदा गुन्जमायाँको मृत्यु, तीन जना बेहोस
हेटौंडा । मकवानपुरको राक्सिराङ वडा नम्बर ७ दराङमा बिसालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने अरु तीन जना बेहोस भएका छन् । बिसालु च्याउ पकाएर खाँदा स्थानीय १३ बर्षिय गुन्जमायाँ चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो । उहाँको बुवा, भाई र दाई पनि अचेत अवस्थामा रहेको र अस्पताल ल्ययाउने तयारी भएको एसपी सिंहले बताउनुभयो ।