सडक सम्बन्धी राम्रो नीति नहुँदा दुर्घटना बड्यो–मन्त्री जमकट्टेल

हेटौडा । प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले सडक सम्बन्धी राम्रो नीति नभएको र सचेतना नहुँदा दुर्घटना बडेको बताउनुभएको छ । राज्यको ठुलो लगानी सडकमा रहेकाले यसतर्फ सबै पक्ष सचेत बन्नुपर्ने उहाँले बताउनुभयो । ३ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको सडक सभ्यता अभिवृद्वि एवम् सवारी दुर्घटना न्युनिकरणमा समुदाय प्रहरी साझेदारीसम्बन्धी सम्मेलनलाई हेटौडामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
अझैपनि दुर्घटना न्यूनिकरण नहुँदा बर्षेनी धेरैले ज्यान गुमाउनुपरेको उहाँले बताउनुभयो । अहिले अवस्थामा सडक ब्यावस्थापन नै चुनौतिपूर्ण रहेको मन्त्री जमकट्टेलले बताउनुभयो । सडकमा नबिकरण नभएका र इन्सुरेन्स नभएकालाई सवारीलाई पूर्ण रुपमा प्रतिवन्ध लगाइनुपर्ने उहाँले बताउनुभयो ।
वर्तमान राजनितिक व्यवस्था नै नेपालको अन्तिम व्यवस्था भएको बताउनुभएको छ । मन्त्री जम्कट्टेलले लामो राजनितिक आन्दोलन पश्चात हाल बहुदलिय राजनितिक व्यवस्था आएको भन्दै अब नेपालमा यहि व्यवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो–देशमा राजनितिक व्यवस्था परिवर्तन भएको छ, अब हामीले आफ्नो काम गर्ने शैली पनि परिवर्तन गर्न आवश्यक छ ।’
मन्त्री जम्कट्टेलले काम गर्ने शैलि परिवर्तन नगरेसम्म देश परिवर्तन नहुने बताउनुभयो । उहाँले भन्नुभयोे–‘राज्यले सडकमा लगानी गरेको छ । तर, पनि दुर्घटना न्युनिकरण .भएन । अहिले अवस्थामा सडक ब्यावस्थापन नै चुनौतिपूर्ण छ । नबिकरण नभएका र इन्सुरेन्स नभएकालाई सवारीलाई प्रतिवन्ध लगाइनुपर्छ ।’
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, आन्तरिक मामिला मन्त्रालयका सचिब राजकुमार श्रेष्ठ, नेपाली काग्रेश मकवानपुरका प्रबक्ता प्रदिप कोइराला, प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक श्यामबहादुर बस्नेत, मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंह, प्रदेश नम्बर ३ को ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख नबिनराज राई, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप बिष्ट लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।