हेटौंडामा ट्राफिक प्रहरीे समेलन, सवारी दुर्घटना न्यूनिकरणमा जोड

जनपत्र
१३ असार २०७६, शुक्रबार ०८:१५

हेटौंडा । ट्राफिक नियम सम्बन्धी जनचेतना जगाउने उदेस्यले आज हेटौंडामा ¥याली निकालीएको छ । सडक सभ्यता अभिबृद्धी एबं सवारी दुर्घटना न्यूनिकरणमा समुदाय प्रहरी साझेदारी सम्बन्धी एक दिवसीय ट्राफिक प्रहरी तथा सरोकारवाला निकायहरुको समेलनका अवसरमा हेटौंडामा ¥याली निकालीएको हो । प्रदेश नम्बर ३ को ट्राफिक प्रहरी कार्यालय चितवनकोे आयोजानमा हेटौंडाको हुप्राचौरबाट निकालीएको ¥यालीले बजार परिक्रमा गरेको थियो । हुप्राचौरमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बेलुन उडाएर कार्यक्रमको उद्घाटन् गर्नुभयो ।

हुप्राचौरबाट निकालीएको ¥याली सितलमहल चोक, मेनरोड, सिमाचोक, बुद्धचोक, रापतीरोड हुँदै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गएर सभामा परिणत भएको थियो । कार्यक्रममा नेपाल प्रहरी, ससस्त्र प्रहरी, ट्राफिक प्रहरी लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी मेयर महतले प्रदेशको राजधानी भएसंगै हेटौडामा ट्राफिक जाम बडेको बताउनुभयो ।

यसलाई न्यूनिकरण गर्नका लागि प्रहरी संग सहकार्य गरेर नगरप्रहरी पनि साथमै रहेको बताउनुभयो । हेटौंडाको बजार क्षेत्रको सडक साघुरो भएकाले पनि समस्या भएको उहाँले बताउनुभयो ।

ट्राफिक नियम कडाइका साथ लागू नहुँदा दुर्घटना पनि निकै बढेको उहाँले बताउनुभयो । दुर्घटनाबाट बच्न पनि ट्राफिक नियम पालना गर्न उहाँले सुझाब दिनुभयो । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, प्रदेश प्रहरी प्रमुख, राष्ट्रिय अनुसंधान, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो ।

कार्यक्रममा हेटौंडाका बिभिन्न बिद्यालयका बिद्यार्थीहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो । यो कार्यक्रम दुईचरणमा गरेर मनाउने कार्यक्रम अनुसार पहिलो कार्यक्रम भने ¥याली निकालीएको हो । दोस्रो चरणको कार्यक्रम भने क्लब हेटौंडामा औपचारिक कार्यक्रमको आयोजना गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*