हेटौंडाको न्यायिक समितिमा एक सय ८२ विवाद दर्ता

जनपत्र
१३ असार २०७६, शुक्रबार ०६:१४

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको न्यायीक समितिमा गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षमा धेरै विवाद दर्ता भएका छन् । न्यायिक समितिअन्तर्गत चालू आर्थिक वर्षमा कूल १ सय ८२ विवाद दर्ता भएका छन् । दर्ता भएका विवाद मध्यमा धेरैजसो मिलापत्र गर्ने प्रयास भएको छ । दर्ता भएका विवाद मध्यमा मेलमिलाप पद्धतिबाट एक सय वटा विवाद मेलमिलाप भएका छन् । दर्ता भएका मध्यमा ३० वटा मेलमिलाप हुन नसकेका उपमहानगरपालिका न्यायिक समितिका संयोजक तथा उपप्रमुख मिना कुमारी लामाले बताउनुभयो ।

दर्ता भएका मध्य ४२ वटा विवाद प्रक्रियामा रहेको उहाँले बताउनुभयो । यसैगरि समितिको आयोजनामा सबै वडाहरुमा कानुनी अभिमूखिकरण कार्यक्रम र सामाजिक अगुवा एवम् गैर सरकारी संस्थाहरुसँग अन्तरक्रिया, अनुशिक्षण तथा मेलमिलापकार्ताहरुको तालिम सम्पन्न भएको छ । समिति अन्तर्गतका क्रियाकलाक समुदाय तहमा सम्प्रेषित गर्न एवम् कानुनी सचेतनाको लागि ून्यायिक डबलीू नामक रेडियो कार्यक्रम नियमित सञ्चालन हुंदै आएको उपप्रमुख लामाले बताउनुभयो ।

हेटौंडामा खाद्यप्रयोगशाला सञ्चालनमा

हेटौंडा नगरवासीको जनस्वास्थ्यलाई मध्येनजर गरी बजारमा बेचबिखन गरिने उपभोग्य खाद्य वस्तुको गुणस्तर तथा मिसावटको अवस्था परीक्षण गर्नका लागि खाद्यप्रयोगशाला प्रभाबकारी रुपमा सञ्चालनमा ल्याइएको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले बताउनुभयो ।

खाद्यपदार्थको परिक्षण गरी नियमन गर्न उपमहानगरपालिका कार्यालय हाताभित्र नै खाद्य परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । यस अवधि बीचमा घ्यू, बेसार, मसला, पिउने पानी, अचार, तेल, दुग्ध, आइसक्रिम जस्ता खाद्य वस्तुको नमूना परीक्षण गरिएको र स्वीकृत न्यूनतम मापदण्ड अनुसार नपाइएका वस्तु उपर कारवाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ । यसैगरि सरोकारवाला निकायहरुसँग समन्वय गरी वजार अनुगमग सुरु गरिएको प्रमुख महतले बताउनुभयो ।

यस उपमहानगरपालिकामा यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्तालाई चालू आर्थिक वर्षमा अनलाईन प्रणालीसंग आवद्ध गरिएको छ भने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको तथ्याङ्क अधावधिक गर्ने कार्य सम्पन्न गरिएको छ ।

महिलामात्र सञ्चालकको रुपमा रहेका उद्योग दर्तामा ५० प्रतिशत छुट

नगरवासी महिलाहरुको उद्मशिलता अभिवृद्धि गर्न महिलामात्र सञ्चालकको रुपमा रहेका उद्योग दर्तामा ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ । यो कार्यक्रम निकै प्रभाबकारी भएको छ । उपमहानगरपालिकाको कर तथा राजस्व प्रशासनलाई सरल, सहज र प्रविधिमैत्री बनाउन यसै आर्थिक वर्षमा ९ वटा वडाहरुमा विद्युतीय प्रणाली विलिङ सिस्टम सञ्चालनमा ल्याइएको प्रमुख महतले बताउनुभयो ।

गत १० वर्षदेखि उपमहानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा व्यवसाय सञ्चालन गरिरहेका थोक फलफूल तथा तरकारी व्यवसायीहरुलाई निजहरुबाट उपभोग भएको जग्गाको सम्झौता गरी जग्गा बहाल असुलीको कार्य गरिएको उहाँले बताउनुभयो । नगर क्षेत्रभित्रका सबै व्यवसायीहरुलाई करको दायरामा समेट्ने प्रयोजनको लागि व्यवसायीहरुको तथ्याङ्क अद्यावधिक गर्न व्यवसाय कर संकलन टोली परिचालन भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*