मकवानपुरका दृष्टिबिहीनहरुलाई दिएको क्रिकेट तालिम सकियो

जनपत्र
१२ असार २०७६, बिहीबार १९:३६

हेटौंडा । मकवानपुरका दृष्टिबिहीनहरुलाई लक्षित गरेर दिइएको सात दिने क्रिकेट खेल तालिम आज सकिएको छ । मकवानपुर नेत्रहिन संघ, नेत्रहिन पुनरस्थापना केन्द्र मकवानपुरको आयोजना तथा हेटौंडा उपमहनागरपालिकाको सहयोगमा दृष्टिबिहीनहरुलाइ क्रिकेट प्रशिक्षण दिइएको हो । कार्यक्रमको समापनका अवसरमा बोल्दै प्रमुख अतिथी हेटौंडा उपमहाँनगरपालिकाका मेयर हरिबहादुर महतले यो तालिमबाट पनि दृष्टिबिहीनहरुलाइ क्रिकेट खेलाडी बनाउन मधत पुगेको बताउनुभयो ।

दृष्टिबिहीनहरुलाइ हरेक क्षेत्रमा सहयोग गरेर सहारा बन्दै आएको उहाँले बताउनुभयो । यही तालिममा सिकेको खेललाई ब्यवहारमा उतार्न सकेमा खेलाडी बन्नका लागि सहयोग पुग्ने बताउनुभयो । सात दिन सम्मको प्रशिक्षण पछी दृष्टिबिहीनहरु पनि क्रिकेट खेल्न सक्ने अपेक्षा गरिएको छ ।

सात दिनको प्रशिक्षणमा १५ जनालाई सहभागि गराइएको मकवानपुर नेत्रहिन संघका अध्यक्ष तोरण बहादुर ओझाले बताउनुभयो । दृष्टिबिहीनहरुलाइ प्रशिक्षकका रुपमा रामप्रसाद पौडेल, गीता पौडेल र युवराज पाठकले सहजीकरण गनभएको थियो । उनीहरु तीनैजना दृष्टिबिहीन छन् । तर, कुनै न कुनै रुपमा हरेक क्षेत्रको क्रिकेट खेलमा सहभागि भने भएका छन् । तालिममा सहभागि दृष्टिबिहीनहरु आफुहरु सात दिन सम्मको प्रशिक्षणपछी सक्षम खेलाडी बन्ने लक्ष लिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*