हेटौंडाका कृषकलाई टनेल बनाउने तालिम

जनपत्र
११ असार २०७६, बुधबार १७:०६

हेटौंडा– हेटौंडाका कृषकलाई तरकारी खेतीको लागि पोली हाउस टनेल सम्बन्धी २ दिवशीय तालिम दिइएको छ । हेटौंडा उपमहानगरपालिका कार्यालयको सहयोगमा कविता इन्टरनेशनल टे«डिङ प्रालीले कृषकलाई तालिम दिइएको हो ।

हेटौंडाको १ नं.वडादेखि १९ वडाका महिला तथा पुरुष कृषकलाई टनेल बनाउने तालिम दिइएको हो । तालिममा कृषि प्राविधिक अमरकान्त झा, रविन्द्र पौडेलले कृषकलाई प्रशिक्षण दिएका थिए ।

तालिममा पोली हाउस कस्तो हुन्छ, उपयुक्त माटो कस्तो हो, माटो कसरी बनाउने, टनेल कसरी बनाउने, टनेलमा तरकारी खेती कसरी गर्ने, मलको प्रयोग गर्ने तरिकालगायतका विषयमा जानकारी गराइएको थियो ।

हेटौंडामा टनेलमा तरकारी खेती गर्ने कृषकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । विशेष गरी महिला कृषकहरुले टनेलमा तरकारी खेती धेरै गर्दै आइरहेका छन् ।
नगरका महिला कृषकहरु तरकारी खेतीमा उन्मुख हुँदै गएपछि हाते ट्याक्टर चलाउन सिक्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*