शोभित बस्नेतले ‘बद्री बहादुर’लाई नेपालअघि अष्ट्रेलियामा प्रदर्शन गर्ने

जनपत्र
२७ असार २०७९, सोमबार ०८:४५

शोभित बस्नेतले निर्देशन गरेको फिल्म ‘बद्री बहादुर’ नेपालअघि अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ । आगामी जुलाई ३० तारिखमा सिड्नीसहित चार शहरमा फिल्म प्रदर्शन हुने शोभितले जानकारी दिए । छोरी भेट्न हाल अष्ट्रेलियामा रहेका उनले त्यही मौकामा फिल्म प्रदर्शनको चाँजोपाँजो मिलाएका हुन् । फिल्मलाई सिड्नीमा मेगा इभेन्ट र रुक्सल प्रजापतिले प्रदर्शन गर्न लागेका हुन् ।
सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेका फिल्ममा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत, धिरेन शाक्य लगायतको अभिनय छ । यो फिल्मबाट एलिना गुरुङले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेतले फिल्मको एक गीतमा एकसाथ नृत्य गरेका छन् । फिल्मलाई यसै वर्ष नेपालमा पनि प्रदर्शन गर्ने तयारीमा शोभित छन् ।
एबि पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली र निर्माता मिथुन भोटे हुन् । फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व, बिनोद सापकोटाको छायांकन र समिर मियाँको सम्पादन छ । काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभामा फिल्म खिचिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*