मकवानपुरको राष्ट्रपति रनिङशिल्ड फेरी पनि जनकलाई
मकवानपुर / मकवानपुरको नवौं राष्ट्रति रनिङशिल्ड खेलकुद प्रतियोगितको उपाधि जनक मावि भीरकोटले जितेको छ । जनकले १२ स्वर्ण २ कास्य र १ रजत पदक प्राप्त गरि रनिङशिल्ड उचालेको हो । जनकले ४,८र १५ सयमा छात्र छात्रा दुवै तर्फ स्वर्ण जितेको हो । यस्तै छात्र तर्फ लंजगम्प,त्रिपल जम्प र चार वटै रिलेमा स्वर्ण पदक प्राप्त गरेको खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिए ।
यस्तै महेन्द्र मावि छतिवलनले ३ स्वर्ण,३ रजत र १ कास्य सहित दोस्रो र तेक्वान्दोमा तीन वटा स्वर्ण सहित दुई रजत प्राप्त गरि राष्ट्रिय रोटरी मावि मनहरी तृतीय भएका छन । यस्तै भलिवल छात्रमा वंशगोपाल हेटौडा प्रथम,शारदा मावि गढी द्धितीय र सुन्दरी देवी मावि थाहा तृतीय भएका छन । यस्तै छात्र भलिवलमा महेन्द्र मावि छतिवन,भानुमावि मक्रान्चुली र कृष्ण आर्दश ई वो स्कुल क्रमस प्रथम द्धितीय र तृतीय भएका छन । यता कव्वडीमा छात्रमा बालजागृती युवा वर्ष हेटौडा प्रथम,ईअन ई वो स्कुल थाहा द्धितीय र सूर्याेदय मावि राक्सिराङ तृतीय भएका छन । छात्रा कव्वडीमा सूर्योदय मावि प्रथम,भृकुटी मावि हेटौडा द्धितीय र जनता मावि वागमती तृतीय भएका छन ।
विजयी खेलाडी तथा विद्यालयहरुलाई हेटौडा उपमहानगरपालिकाका प्रमुख हरि वहादुर महतले पुरस्कार प्रदान गर्नु भएको थियो । मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाको अध्यक्षतमा भएको पुरस्कार वितरण कार्यक्रममा वकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला वोलखे, खेलकुद विकास समिति उपाध्यक्ष दिपेन्द्र ढकाल तथा सदस्य आरती पाठक सुनिल लोप्चन लागयत पदाधिकारीहरुको सहभागिता थियो ।