शिक्षाको विकासमा भेदभाव गर्नु हुँदैन–मुख्यमन्त्री पौडेल

हेटौंडा / प्रदेश नम्बर ३ का मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले गुणस्तरीय एवम् प्राविधिक शिक्षाको विकासमा जोड दिएको बताउनुभएको छ । कृषि तथा वन बिज्ञान बिश्वबिद्यालय शैक्षिक भवनको आज हेटौंडामा शिलान्यास गर्दै उहाँले प्रदेश ३ को सरकारले विश्व विद्यालय खोल्ने तयारी गरिरहेको बताउनुभयो ।
शिक्षाको विकासमा कुनै किसिमको भेदभाव र पक्ष विपक्ष गर्न नहुने स्पष्ट गर्नुभयो । विगतमा सञ्चालन भइरहेको फरेष्टी कलेजको भवनहरु जिर्ण भइसकेको प्राकृतिक सम्पदाहरु नासिदै गएको र त्यसको वनमा रहेको चित्तल सुरक्षाको अभावमा मर्दै र मासिदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । विकास निर्माणका कामका कसैले अवरोध गर्न नहुने उहाँले बताउनुभएको छ ।
लामो समयदेखि त्रिभुबन विश्व विद्यालय र कृषि तथा वन विश्व विद्यालयको विबाद रहेपनि मुख्यमन्त्री पौडेलले संरचना बन्ने विषय रोक्न नहुने भन्दै आफैले शिलान्यास गरेको जानकारी दिनुभयो । ८ बर्ष अगाडि त्रिभुबन बिश्व विद्यालयको स्वामित्वमा रहेको जग्गामा कृषि तथा बन विश्व विद्यालय स्थापना गर्नु सरकारको निर्णय भएपनि कृषि तथा बन विश्वविद्यालयले विबादका कारण नयाँ संरचना बनाउन नसकेको उहाँले स्मरण गर्नुभयो ।
कार्यक्रमा राष्टिय सभा सदस्य रामचन्द्र राईले कृषि तथा वन विज्ञान विश्व विद्यालयलेदक्ष जनशक्ति उत्पादन गरी आर्थिक समृद्धि र विकासमा जोड दिनुपर्ने बताउदै भवन छिटो सम्पन्न गरिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमा का उद्योग पर्यटन तथा वन मन्त्री अरुण नेपालले समृद्धिको लागि वन र कृषिलाई जीवको आधार बनाउनुपर्ने र त्यसमा विज्ञ बिशेषज्ञहरुले नयाँ दृष्टिकोण ल्याउनुपर्ने उल्लेख गर्दै वन र कृषिको विकासको लागि प्रदेश ३को सरकार सहयोग गर्न तयार रहेको आश्वासन दिनुभयो ।
नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेश ३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र वानियाँले शिक्षा क्षेत्रको विकासका लागि आफ्नो पार्टीले सक्दो सहयोग गर्ने उल्लेख गर्दै वन विज्ञान संकायको लागि निर्माण हुने यस भवनले शैक्षिक क्षेत्रको पुर्वाधार विकासमा सहयोग पुग्ने बताउनुभयो ।
कृषि तथा वन विज्ञान विश्व विद्यालयका उप कुलपति इश्वरी प्रसाद ढकालले यस विश्व विद्यालयले कृषि र वनको अध्ययन अनुसन्धान तथा शैक्षिक विकास तर्फ जोड दिएको बताउदै यस क्षेत्रमा १० भन्दा बढी परियोजनाहरु सञ्चालनमा रहेको जानकारी दिनुभयो । उपकुलपति ढकालको सभापतित्वमा सम्पन्न सो शिलान्यास समारोहमा प्रदेश ३ का सांसदहरु प्रेमबहादुर पुलामी लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सांसद जुनेली श्रेष्ठ, पुर्व सांसदहरु ललित बस्नेत, सुभाषचन्द्र ठकुरी, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, विश्वविद्यालयका रजिष्टार प्राध्यापक डाक्टर मनराज कोलाक्छपति लगायतले बोल्नुभएको थियो ।