एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली टोली स्वदेश फर्कियो

जनपत्र
१३ असार २०७९, सोमबार १०:०५

काठमाण्डाै – एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ।

टोली अघि बिहान स्वदेश आइपुगेको हो ।  वर्षाका कारण खेल प्रभावित हुँदा नेपाल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो।

यूएईसँगको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको थियो  ।

समूह चरणमा समूह विजेता बनेर फाइनल पुगेको यूएईले मलेसियालाई हराएर उपाधि जितेको छ । सेमिफाइनलबाट बाहिरिएपछि नेपाल एसिया कप क्रिकेटमा छनोट हुन सकेन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*