यी हुन् सिंगापुर बारेका रोचक तथ्यहरु

जनपत्र
९ असार २०७६, सोमबार ०७:०१

एसियाको सम्मृद्ध देशहरु मध्येको एक सिंगापुर घुमफिर गर्न चाहने विदेशी पर्यटकहरुको पनि उत्कृष्ट गन्तव्य हो । क्षेत्रफलमा निकै सानो यो देशका केही त्यस्ता रोचक नियम कानून तथा तथ्यहरु छन्, जो सुन्दैमा अनौठो लाग्दछ ।

· सिंगापुरलाई जरिवानाको देश पनि भनिन्छ । त्यहाँ सार्वजनिक ठाउँमा थुकेमा १ हजार डलर सम्म जरिवाना तिर्नु पर्दछ । साथै जेलको हावा पनि खानु पर्दछ । सिंगापुर दुनियाँको सबैभन्दा महंगो देशमध्येको एक मात्र होइन धनीहरुको देश पनि हो । त्यहाँका हरेक ६ मध्ये एकजना नागरिक करोडपति छन् । देशको प्रतिव्यक्ति आय १ लाख ३ हजार अमेरिकी डलर रहेको छ ।

· सिंगापुरको कूल जनसंख्या भन्दा धेरै त्यहाँ आउने पर्यटकको संख्या रहने गरेको छ । गत वर्ष सिंगापुरमा १ करोड २० लाख पर्यटक भित्रिए । जबकी सिंगापुरको कूल जनसंख्या मात्र ५७ लाख छ ।

· सिंगापुरमा चुइंगम चपाउन पाइँदैन । अर्थात् सिंगापुरमा चुइंगम प्रतिबन्धित छ । चुइंगम बेच्ने तथा खाने व्यक्तिमाथि २ वर्षको कैद तथा १ लाख डलर सम्म जरिवाना हुने प्रावधान छ ।

· सिंगापुर विश्वको एउटा यस्तो एकमात्र देश हो जुन आफ्नो इच्छा विपरित स्वतन्त्र भएको थियो । सन् १९६५ मा मलेसियाले सिंगापुरलाई आफुबाट अलग्गाएर स्वतन्त्र बनाइदिएको थियो । सिंगापुर ६३ वटा स साना टापु मिलेर बनेको छ ।

· सिंगापुर क्षेत्रफलको आधारमा विश्वमा १ सय ७६ औँ स्थानमा आउँदछ । यसको क्षेत्रफल ७ सय २२ वर्ग किलोमिटर रहेको छ ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*