सुविधा बढाउन प्रदेश तीन मुख्यमन्त्रीसँग हारगुहार

जनताको मतदानलाई सेवाको मौका ठानेर काम गर्ने प्रतिवद्धता गरेर जनप्रतिनिधि बनेकाहरू अहिले सेवा सुविधा नपुगेको भन्दै प्रदेश मुख्यमन्त्रीलाई गुनासो गर्न थालेका छन् । सरकारले निर्धारण गरेको स्थानिय तहका पदाधिकारी र सदस्यको पारिश्रमिक अपुग भएको भन्दै काठमाण्डौं महानगरका वडा सदस्य र नगरसभा सदस्यले ऐन संशोधन गरेर आफूहरूको सेवा सुविधामा वृद्धि गर्न प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई आइतबार ज्ञापन पत्र बुझाइका छन् ।
ऐन संसोधनको मागगर्दै हेटौंडा आइपुगेको काठमाण्डौं महानगरपालिकाका जनप्रतिनीधीले प्रदेश ३ का मुख्यमन्त्री र सभामुखलाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरूले सरकारले तोकेको सेवा सुबिधाले काम गर्न असहज भएको भन्दै ऐन संशोधनको माग गरेका हुन् । ऐन संशोधनको माग गर्दै उनिहरूले अहिले पाउँदै आएको सातहजार रुपियाँले वडा र नगरसभा सदस्यमाथि भेदभाव भएको दाबी गरेका छन् ।
‘जनताको मतबाट निर्वाचित हामी जनप्रतिनीधिबीच भेदभावको अवस्था श्रृजना भएकोले ज्ञापन पत्रमा बुझाएका हौं,’ काठमाण्डौं महानगरपालिका–४ का बडा सदस्य ध्रुवप्रसाद त्रिपाठीले भने । स्थानिय तहका पदाधिकारी तथा सदस्ययले पाउने सुविधा सम्बन्धी ऐनको अनुसुची १ बमोजिम ८ हजार तोकिएको महाननगरपालिकाको कार्यपालिका सदस्यको सुबिधा पुनराबलोकन भै १५ हजार पुग्दा पनि वडा र नगरसभा सदस्यहरूको सेवा सुबिधा समया अनुसार उपयुक्त नभएको काठमाण्डौं महानगरपालिका–४ का बडा सदस्य त्रिपाठीले गुनासो गरे ।
राजधानीडेलीबाट साभार