‘डान्सिङ स्टार्स नेपाल’को उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीलाई

जनपत्र
११ असार २०७९, शनिबार ०६:४२

रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’को उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ। हिमालयन टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको शुक्रबार भएको फिनालेमा यी जोडीले उपाधि हात पारेको हो।

उपाधि जितेका शेर्पा र प्रजाले १५ लाख नगदसँगै अन्य पुरस्कार समेत प्राप्त गरेका छन्। विजेता जोडीलाई हिमालयन टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले पुरस्कार र ट्रफी वितरण गरे।

त्यस्तै, प्रीति आले र शेखर घर्ती मगरको जोडी फस्ट रनरअप भएको छ। उनीहरुले २ लाख रुपैयाँ नगदसँगै अन्य पुरस्कार जितेका छन्। परमिता राणा र जेडी तमुको जोडीले भने सेकेण्ड रनरअपको उपाधि जितेको छ।

गत जेठ महिनाबाट सुरु भएको यो रियालिटी शोमा गौरी मल्ल, दिलीप रायमाझी र रेनेशा बान्तवा राई निर्णायक रहेका थिए। लक्ष्मण पौडेलको निर्देशनमा बनेको यो कार्यक्रममा प्रतिस्पर्धीको रुपमा १२ जना सेलिब्रेटी तथा कोरियोग्राफरहरुको सहभागिता थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*