वर्षाको जिज्ञासा- ‘निराश हुँदा डिभोर्स, खुशी हुँदा गर्भवती हुन्छ हो ?’

जनपत्र
११ असार २०७९, शनिबार ०६:३९

अभिनेत्री वर्षा राउतको वैवाहिक जीवन चार वर्षमा टेकेको छ । उनले संजोग कोइरालासँगको करीब ८ वर्ष लामो प्रेम सम्बन्धलाई २०७५ सालको फागुनमा विवाहमा परिणत गरेकी थिइन् । प्रेम सम्बन्धमा रहँदा विवाहको प्रश्नले हैरान हुने गरेकी वर्षालाई केही समययता बच्चाको बारेमा प्रश्न आउने गरेका छन् । हुनत, विवाह बन्धनमा बाँधिएको जोडीलाई यस्ता प्रश्न आउनु स्वभाविक हो ।

गत वर्ष वर्षाले आफ्नो इन्स्टाग्रामबाट श्रीमान् संजोग कोइरालासँगका सम्पूर्ण तस्विरहरु हटाएपछि उनीहरुको वैवाहिक जीवन संकटमा रहेको टिका(टिप्पणी भएको थियो । पछि वर्षाले संजोगसँगको तस्विरहरु पोस्ट गर्न थालेपछि बजारको हल्ला मत्थर भयो । नेपाली फिल्म क्षेत्रमा उनीहरुलाई आदर्श जोडी भनिन्छ । अन्तर्वार्ताहरुमा देखिने उनीहरुको प्रेम र नोकझोंक धेरैलाई मन पर्छ ।

यसैक्रममा, बुधवार वर्षाले इन्स्टा स्टोरीमा विवाहपछि निराश हुँदा होस् वा खुशी हुँदा, अरुले अनुमानको भरमा एक महिलामाथि सोध्ने विभिन्न प्रश्नहरुको बारेमा जिज्ञासा राखेकी छन् । उनले लेखेकी छन्, ‘स्याड हुँदा डिभोर्स, खुशी हुँदा प्रेग्नेन्ट ९गर्भवती० । कतिको लाइफमा यही मात्र हुन्छ हो रु’ यो कुरा वर्षाले आफ्नो जीवनमा भोगेरै लेखेको हुनसक्ने सजिलै अनुमान गर्न सकिन्छ ।

barsha raut

विवाहपछि वर्षा अभिनीत फिल्म ‘जात्रै जात्रा’ प्रदर्शन भएको थियो । यसपछि उनी पर्दामा देखिएकी छैनन् । लकडाउनअघि उनले एक हप्ताको अन्तरमा दुई फिल्म ‘के घर के डेरा’ र ‘दुई नम्बरी’ साइन गरेकी थिइन् । यी दुईमध्ये उनले पछि ‘दुई नम्बरी’बाट हात झिकिन् भने ‘के घर के डेरा’को हालै केही प्रतिशत सुटिङ सकिएको छ । उनले गत वर्ष फिल्म ‘लाखे’मा पनि काम गरेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*