हेटौडामा नवौ राष्ट्रपति रनिङशिल्ड सुरु

जनपत्र
८ असार २०७६, आईतवार १८:४५

हेटौडा / मकवानपुर जिल्लाको नवौं राष्टपति रनिङशिल्ड खेलकुद प्रतियोगिता हेटौडामा सुरु भएको छ । प्रतियोगितामा तेक्वान्दो तर्फ रोटरी मावि मनहरीले ३ वटा स्वर्ण पदक जितेको छ । यस्तै सिद्धार्थ मावि,कालज्योती मावि पीप्ले र सोलिड्यारीटी वोर्डिङले १÷१ स्वर्ण पदक जितेका छन ।

यस्तै कराते तर्फ महेन्द्र किरण वसामाढी २,भुटनदेवी,आधाुनिक,शिक्षा विकास,महेन्द्रमावि छतिवनले एक एक स्वर्ण पदक प्राप्त गरेका खेलकुद विकास समितिले जनाएको छ ।

एथलेटिक्स तर्फ आज भएका खेलमा ९ वटा स्वर्ण पदको नजिता आएको छ । जस्मा जनक मावि ५, प्रभात मावि छतिवन,बंशगोपाल मावि,चन्द्रोदय मावि सुर्य मावि वागमतीले १÷१ वटा स्वर्ण पदक प्राप्त गरेका छन् ।

एथलेटिक्समा २६, कवड्डी र भलिवलमा २÷२ र कराते, तेक्वान्दो र उसुमा ६÷६ गरि ४८ स्वर्ण पदकका लागि प्रतिष्पर्धा भईरहेको छ ।

प्रतियोगिताको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाले उद्घाटन गरेका हुन । विद्यालय तहबाटै क्षमता वान खेलाडी खोजी गर्ने अभियान अन्तर्गत राष्ट्रपति रनिङशिल्ड प्रभावकारी हुने खुलाले विश्वास व्यक्त गर्नु भयो ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिममिल्सनाको अध्यक्षतामा भएको उद्घाटनमा समितिका उपाध्यक्ष दिपेन्द्र ढकालले स्वागत मन्तव्य राखेका थिए । प्रतियोगितामा दश वटै स्थानिय तहबाट विद्यालयहरुको सभाभागिता रहेको खेलकुद समितिका प्रमुख राजन दाहाल खुशराजले बताएका छन् । अभिल्लो वर्षको रनिङशिल्ड जनक मावि भिरकोट छतिवनले जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*