खुल्ला भयो नयाँ र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’ को डिजिटल अडिसन

जनपत्र
९ असार २०७९, बिहीबार ०७:५३

र्‍याप रियालिटी शो नेपहपको श्रीपेचको सफलतापछि उक्त शोको निर्माण टिमले अर्को एउटा नयाँ शो र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’ को औपचारिक घोषणा गरिएको छ ।

ब्याटल भूमिमा सहभागिता जनाउन चाहनेले डिजिटल अडिसन दिनु पर्नेछ । असार ८ गते बुधवारदेखि असार १८ गते शनिवारसम्म अडिसन खुल्ला रहने निर्माण पक्षले जनाएको छ । सहभागीता जनाउन चाहनेले नेपाल र्‍यापको वेबसाइट धधध।लभउबचिबउ।अयm मा गएर डिजिटल अडिसन दिन सक्नेछन् । डिजिटल अडिसनका लागि सहभागि म्युजिक बिटमा १ मिनेटभन्दा लामो भिडियो पठाउनु पर्नेछ ।

सुदिप पोख्रेल र रोशन श्रेष्ठ कार्यकारी निर्माता रहेका उक्त कार्यक्रम निकेश खड्काले निर्देशन गर्नेछन् । ब्याटल भूमीमा निर्णायकको रूपमा मानस घले, कवि जी रहेका छन् भने अर्का एक जजको घोषणा गरिने छ । कार्यक्रमको होस्टका रूपमा कोइन्च जी रहेका छन् ।

साउन महिनादेखि ओएसआर डिजिटल र डी म्युजिक टेलिभिजनबाट प्रसारण हुने शोमा विजेतालाई पाँच लाख रुपैयाँ नगद पुरस्कार तथा वर्ल्ड टुर गराइने आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रममा निर्माताले र्‍याप गायक र ब्याटल गायकबीच भिन्नता हुने भएकाले ब्याटल भूमी कार्यक्रम निर्माण गर्न लागिएको बताएका छन् ।

उक्त कार्यक्रममा नेपहपको श्रीपेचमा सहभागी डि एन एक्सको चर्चित गीत इन्टु मिन्टु लन्डनको अफिसियल भिडियो ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने पनि घोषणा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*