मधेश आन्दोलनमा सहिद र घाइते परिवारलाई ३० हजार नगद र लैनो भैंसी

जनपत्र
८ असार २०७६, आईतवार १८:१७

मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहिद तथा घाइते भएका परिवारलाई प्रदेश सरकारले उन्नत जातका भैसी वितरण गरेको छ ।

२०६२ सालदेखी भएको विभिन्न समयका आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहिद तथा घाइते भएका परिवारलाई आयश्रोत जुटाउन मद्दत पु¥याउने उद्देश्यले प्रदेश २ सरकारकारले ल्याएको योजना अनुरुप आइतबार सप्तरीबाट १८ जना सहिद परिवार तथा १६ जना घाइते परिवारलाई नगद ३० हजारसहित एक÷एक थान उन्नत जातका भैसी प्रदान गरिएको हो ।

सप्तरीको राजविराज नगरपालिका ९ मलेठबाट सुरु गरिएको यो कार्यक्रम प्रदेशका सबै ८ वटै जिल्लामा लागु हुने भैसी बितरण कार्यक्रमको शुभारम्भ गरेका प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*