जिम गर्नुपर्ने कलाकारमा दयाहाङ राईलाई देख्छु: पुष्प खड्का

जनपत्र
९ असार २०७९, बिहीबार ०६:५९

अभिनेता पुष्प खड्काले व्यायाम आफ्नो लागि छुटाउनै नहुने काम जस्तै भएको बताएका छन् । खड्का हालैमात्र काठमाडौंको वौद्दस्थित एस आई फिटनेशको ब्रान्ड एम्बासडर नियुक्त भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले फिटनेशनमा बढी ध्यान दिन थालेको बताएका हुन् ।

उनले केहि चलचित्रमा अभिनय गरेपछि मात्र सुगठित शरिरको महत्व थाहा पाएको बताए । उनले नेपाली चलचित्र क्षेत्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक सुशिल श्रेष्ठको शरिर पर्फेक्ट रहेको सुनाए । उनले थपे, ‘जिम गर्नुपर्ने कलाकारमा म दयाहाङ राई दाईलाई देख्छु ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*