मकवानपुरमा भेटियो यस्तो बिचित्रको गुफा: झरना र मुर्ति नै मुर्ति (भिडियो सहित)

दिपक सिंह रुम्बा
८ असार २०७६, आईतवार ०६:२९

गढी बुढीचौर । हेर्दा डर अनि अचम्म लाग्छ । अनुपम प्राकृतिक सुन्दरताले सु–सज्जित पनि छ । भित्र मनमा अनेकन डर भएपनि भित्र पुगेर घुमौ भन्ने लाग्छ । फेदीबाट हेर्दा खुँडाको धार जस्तै देखिन्छि खुडेधार डाँडा । माथी हेर्दा आकाशमात्र देखिने अग्लो अग्लो कडा चट्टानले बनेको डाँडाहरु छन् ।

सरर सुसाउने खोला खोल्सी, झरझर झरिरहने चिसो झरनाहरु द्येख्दा सबैको मजन लोभिन्छ । नजिकै मन्दिर गुम्बा हरियाली जंगल अनि सानो र चिटिक्क परेको उपत्यका जस्तो देखिन्छ । त्यही उपत्यका प्रबेश गर्ने नाकामा बिशाल चट्टानको पहारा र प्रकृतीको काखमा लुकेको अचम्म अनि रमाईलो धार्मिक स्थल हो मकवानपुरगढी गाउँपालिका ८ बुढिचौरमा रहेको ऋषेश्वर महादेव गुफा ।

यो गुफामा घुम्न आउने अहिले आन्तरिक तथा बायह पर्यटकहरु आउने गरेका छन् । मकवानपुरको बिकट ठाउँ भएपनि यहाँ घुम्न र पुजा गर्न आउनेहरु धेरै छन् अहिले । यो गुफाको संरक्षणका लागि आफुहरु लागिपरेको मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई बताउनुहुन्छ । यो गुफालाई तामाङ भाषामा छ्युमिझ्याङछ्युक अर्थात पानीमा बस्ने भगवान भन्ने गरिएको स्थानिय जुलाव रुम्बाको भनाई छ । गुफा भित्र पुजा गर्ने ठाउँ छ । गुफाको भित्तामा बिभिन्न अचम्मको आकृतीहरु देख्न सकिन्छ । गुफा भित्र रहेको पुजा गर्ने स्थान झनै राम्रो देखिन्छ ।
यस्तै बिभिन्न गुफाहरु हेर्न मकवानपुरका धेरै मानिसहरु देशमा टाढाटाढाका स्थानबाट आईरहेका छन् । यस क्षेत्रको बिकाशको लागि मकवानपुरगढी गाउँपालिकाले पनि २ करोड बजेट बिनियोजन गरेर यसको निमार्ण कार्य अगाडी बढाउँदैछ । अब हेरौ भिडियोमा ऋषेश्वर महादेब गुफा ।

https://www.youtube.com/watch?v=pcQSxYgQsUY&t=33s

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*