हेटौंडामा मनाइयो रुपचन्द्र बिष्टको स्मृति दिवस

हेटौंडा । मकवानपुरको हेटौंडामा आज रुपचन्द्र बिष्टको स्मृति दिवस मनाइएको छ । निस्पक्ष सक्रियताको अभ्यास थाहा आन्दोलनका अगुवा रुपचन्द्र बिष्टको स्मृति दिवस हेटौंडाको नवलपुरमा मनाइएको हो । रुपचन्द्र बिष्ट स्मारक समिति नेपाल मकवानपुरको आयोजानमा कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले रुपचन्द्र बिष्टबाट सबै राजनीतिज्ञहरुले सिकेर काम गरिनुपर्ने बताउनुभयो । अहिले राजनीतिक क्षेत्रमा इमान्दारीताको कमी भएको बताउँदै उहाँले रुपचन्द्रबाट सिकेर काम गरिनुपर्ने बताउनुभयो । रुपचन्द्रको नाममा कुनैपनि क्षेत्रमा भौतिक पूर्बाधार लगायतका काममा सघाउन आफु तयार रहेको उहाँले बताउनुभयो । नेपाली जनताले धेरै आसा र भरोसा गरेको ब्यक्तिका रुपमा रुपचन्द्र बिष्ट चिनिएको र उहाँको अल्पआयुमानै मृत्यु भएको मेयर महतले बताउनुभयो । जनप्रतिनिधि ठेकेदार, ब्यापारी बन्नु भन्दा पनि इमान्दार समाजसेवी बन्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले रुपचन्द्र बिष्टलाई ब्यवहारमा अनुशरण गरे मात्र समृद्ध नेपाल सुखी नेपाली बनाउन सकिने बताउनुभयो । रुपचन्द्रका धेरैकुरा ब्यबहारमा लागू गरिनुपर्ने बताउनुभयो । रुपचन्द्र बिष्ट स्मारक समिति नेपाल मकवानपुरका अध्यक्ष नवराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तुलसी थापा, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, नेकपा मकवानपुरका नेता बलराम बल, नेपाली काग्रेश मकवानपुरका नेता प्रदिप कोइराला, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, हेटौंडा अस्पताल बिकास समितिका अध्यक्ष प्रकाश पौडेल, संस्थाका उपाध्यक्ष नरेन्द्र रिजाल लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।